क्रान्ति केन्द्र सम्वाददाता
मधेश प्रदेशका दुईजना सांसदले बुधबार शपथ लिएका छन् । नेकपा माओवादी केन्द्रका माला कर्ण र रजि हैदरले प्रदेश सभा सचिवालयमा शपथ लिएका हुन् । सभामुख रामचन्द्र मण्डलले उनीहरूलाई शपथ गराएका हुन् ।
दुवै जना समानुपातिक प्रणालीबाट सांसद भएका हुन् । मुद्दा परेपछि सर्वोच्च अदालको आदेशले दुई सांसदको शपथ रोकिएको थियो ।
मधेश प्रदेशमा अरु १०५ सांसदको शपथ भने गत पुस १५ गते भएको थियो ।