क्रान्ति केन्द्र सम्वाददाता
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले म्याच फिक्सिङ गरेको आरोपमा दुई जना क्रिकेट खेलाडीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा नेपाली क्रिकेट टोलीका पूर्व राष्ट्रिय खेलाडी महबुब आलम र अहिलेका राष्ट्रिय खेलाडी आदिल अन्सारी रहेका छन् । सीआइबीद्वारा सोमबार आलमलाई राजविराज र आदिललाई विराटनगरबाट पक्राउ गरी काठमाडौं लगिएको छ ।
उनीहरुमाथि हालै सम्पन्न भएको नेपाल टी–२० लिगमा म्याच फिक्सिङ र स्पट फिक्सिङ गरेको आरोप छ । उनीहरुसँगै नेपालका चार र विदेशी ६ जना फिक्सिङमा संलग्न देखिएको सीआईबीले जनाएको छ । उनीहरुमाथि सीआईबीले फिक्सिङबारे अनुसन्धान गरिरहेको बताइएको छ ।