क्रान्ति केन्द्र सम्वाददाता
मधेश प्रदेशका राजधानी जनकपुरधामका दुई युवकको अपहरण पछि भारतमा हत्या भएको छ ।जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–८ बस्ने जगदीश साहका २५ वर्षीय छोरा रोहित र वडा नम्बर–१३ बस्ने रामबाबु साहका २२ वर्षीय छोरा बिष्णुको हत्या भएको ईलाका प्रहरी कार्यालय धनुषाले जानकारी दिए ।
आइतबार बिहान भारत बिहार राज्यको पर्सा गाउँको पश्चिम तर्फको फिल्डमा दुबै युवकको शव फेला परेको छ । दुईसाता अघि दुबैजना भारतको सितामढी जिल्लाको बेला परिहार बस्ने आफन्तको घर गएका थिए । गत पुस २७ गते एकाएक बेपत्ता भएका दुबैजनाको परिवारलाई अपरहरणकारीले गत सोमवारसम्म ५० लाख रुपैयाँ फिरौती माग गरेका थियो । अपहरणकारीले बिष्णुको आवाज रेर्कड गरेर उनका आफन्तलाई फोनबाट सुनाएका थिए । परिवारले अपहरणकारीलाई २० लाख दिन तयार समेत भएका थिए । अपहरणकारीले २० लाख रुपैयाँ लिएर सर्लाहीको मलंगवा नाका नजिक बोलाए पछि परिवारजनले प्रहरीलाई जानकारी गराएका थिए ।
भारतीय प्रहरी र नेपाल प्रहरी दुबै युवकलाई अपहरण मुक्त गराउन भूमिका खेलेको धनुषाका प्रहरी उपरीक्षक एसपी विश्वराज खड्काले बताए । शव कानुनी प्रक्रिया पुर्याएर ल्याउन यहाँबाट प्रहरीटोली उत्ता पुगेको प्रहरीले जनाए ।