Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

भब्यताका साथ ज्ञानशाला दिवस मनाइयो

भब्यताका साथ ज्ञानशाला दिवस मनाइयो

 

क्रान्ति केन्द्र सम्वाददाता

बालप्रतिभाहरुलाई पुरस्कृत गर्दै शनिबार राजविराजमा भव्यताका साथ ज्ञानशाला दिवस मनाइएको छ ।राजविराजको तेरापंथ भवनमा आयोजित कार्यक्रममा उत्कृष्ठ बालबालिका लगायत प्रतिभावान विद्यार्थीहरुलाई पुरस्कृत गर्दै ज्ञानशालाको वार्षिकोत्सव मनाइएको हो ।
बिद्यार्थीहरुलाई प्रमुख अतिथी सप्तरीकी दोस्रो महिला शिक्षक मञ्जु श्रेष्ठ, इन्सेक प्रतिनिधि मनोहर पोखरेल, सामुदायिक सेवा केन्द्रका अध्यक्ष हितनारायण लाल दास, सामुदायिक महिला विकास केन्द्र (स्वेडेक)की अध्यक्ष मीरा देवले पुरस्कार हस्तान्तरण गरेका थिए ।


ज्ञानशालामा निःशुल्क अध्ययन गराउने संयोजिका सुशिला देबी छाजेड, मुख्य प्रशिक्षका कमला भन्साली, प्रशिक्षकहरु तेरापन्थ महिला मण्डलकी अध्यक्ष रेखा बैध, चन्दा लोडा, पुष्पा सुराना, सरीता दुगडलाई समेत सम्मानस्वरुप पुस्तकहरु प्रदान गरिएको थियो ।
तेरापंथ भवनमा आयोजित कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठले ज्ञान प्राप्त गर्न, शिप सिक्न र कर्मयोगी बन्न आग्रह गरेका थिए । बिबाह आवश्यकता भएपनि बाध्यता नभएको भन्दै उनले आमा नै शिक्षा र संस्कार सिकाउने प्रथम शिक्षक भएको बताईन् । क्रिकेट विकास प्रतिष्ठानका अध्यक्ष ई. इन्द्रनारायण देवले पाश्चात्य सँस्कृतिले नकारात्मक प्रभाव पारिरहेकोमा चिन्ता व्यक्त गर्दै ज्ञान सिकाउने र जीवन जिउने कला तथा देशभक्ति बनाउने ज्ञानशालाबाट भावी पिँढी, समाज र राष्ट्रलाई सुरक्षित बनाउन सकिने बताए ।
इन्सेक प्रतिनिधि मनोहर पोखरेलले विनम्रता, सहनशीलता, आदर र सेवाभाव आदिको संस्कार बिजारोपण गरेर ज्ञानशालाले देशको भविष्यलाई असल जीवन पद्धतितर्फ उन्मुख गराउँदै लगेको बताए ।
माडवारी महिला मञ्चकी अध्यक्ष शारदा काबराले सँस्कार सिकेमा व्यवहार सिकिने भएकोले बालबालिकालाई योग्य र जागरुक बनाउन शिक्षा र संस्कार दुबै आवश्यक रहेको बताए ।
ज्ञानशालामा जैन धर्मावलम्बी बालबालिकालाई जैन जीवनशैलीको प्राथमिक जानकारी दिई आध्यात्मिक, धार्मिक, सामाजिक, नैतिक, सांस्कृतिक मूल्यमान्यताबाट परिचित गराउँदै असल संस्कार सिकाइन्छ ।
ज्ञानशाला पाठशालाका व्यवस्थापक एवम् नागरिक समाजका अध्यक्ष थानसिंह भन्सालीको अध्यक्षतामा आयोजित समारोहमा सामुदायिक सेवा केन्द्रका अध्यक्ष हितनारायण लाल दास, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक गँगा चौधरी, महिला शिक्षक पुनम झाले भावी पिँढीलाई संस्कारित, सुयोग्य र सुरक्षित बनाउन ज्ञानशालाले संस्कारयोग्य नागरिक उत्पादनमा कारखानाको काम गरिरहेको बताईन्।
तेरापंथ महिला मण्डलकी पूर्व अध्यक्ष निलम कुचेरियाले सञ्चालन गरेको कार्यक्रममा तेरापंथ सभाका पूर्वअध्यक्ष वरिष्ठ जेष्ठ नागरिक ८६ वर्षीय रायचन्द दुगड सहित रासस कार्यालय प्रमुख पुनम पोखरेल, प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी समेतको उपस्थिती रहेको थियो । कार्यक्रममा आयोजकले प्रमुख अतिथी श्रेष्ठलगायत अतिथीहरुलाई सम्मान गरेको थियो ।
ज्ञानशालाको कक्षा ४ मा जागृती बैद्य प्रथम, प्रज्ञा छाजेड द्वितीय र भूमिका बैद्य तृतीय हुनुभएको आयोजकले जनाएको छ । कक्षा ३ मा अभिषेक छाजेड प्रथम, आदित्य छाजेड द्वितीय र रजक सिंघी तृतीय हुनु भएको छ । कक्षा २ मा नैतिक छाजेड प्रथम र लक्ष्य छाजेड द्वितीय भयो ।
यस्तै कक्षा १ मा स्रेथांस सञ्चेती प्रथम, केतन भन्साली द्वितीय र आस्था बैद्य तृतीय भयो । सहभागी मेश्वा सिघी, साची सुराना, केशव सुराना, महिमा राखेचा, नवरतन बैद्यलगायतलाई कार्यक्रममा उपहार प्रदान गरिएको छ ।
ज्ञानशालाको कक्षा १ देखि कक्षा ४ सम्मका उत्कृष्ट अङ्क ल्याउने विद्यार्थी र सहभागी २५ जना बिद्यार्थीलाई प्रोत्साहनस्वरुप प्रदान गरिएको पुरस्कार र उपहार हनुमान सिंह कुचेरियाबाट प्राप्त भएको हो । कार्यक्रममा ज्ञानशालाका बालबालिकाले आ–आफ्नो प्रतिभा प्रस्तुत गर्दै गीत, नृत्य, लघुनाटक र वक्तृृत्वकला प्रस्तुत गरेका थिए ।

 

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

पत्रकारलाई एआइ सम्बन्धी तालिम

पत्रकारलाई एआइ सम्बन्धी तालिम

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

Natraj Technology advertisement

ताजा समाचार

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

पत्रकारलाई एआइ सम्बन्धी तालिम

पत्रकारलाई एआइ सम्बन्धी तालिम

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology


Logo
No Result
View All Result
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology