क्रान्ति केन्द्र सम्वाददाता
सप्तरीको तिलाठीकोइलाडी-०२ लौनियामा संचालित टि-२० क्रिकेट प्रतियोगिता-२०७९को दोस्रो लिग खेलमा भगवती युवा क्लव क्रिकेट टीम परसाही ११७ रनको फराकिलो अन्तरले विजयी भएको छ । शुक्रबार ए वाई सी सी क्रिकेट टिम,ठेहोसँग भएको प्रतियोगितामा परसाही टस जितेर पहिले ब्याटिङ गरेको थियो । निर्धारित २० ओभरको खेलमा परसाहीले ६ बिकेट गुमाउँदै १८४ रन बनाएका थिए। जवाफमा ठेहो ९ ओभरमा सम्पुर्ण विकेट गुमाउँदै मात्र ६७ रन बनाउन सकेका थिए । यस प्रतियोगितामा जम्मा १६ टिम सहभागी रहेका छन् ।