क्रान्ति केन्द्र सम्वाददाता
सप्तरीको शम्भुनाथ नगरपालिकामा कार्यरत ईन्जिनियर रामचन्द्र साह घुस रकम सहित पक्राउ परेका छन् । इटहरीबाट खटेको अख्तियारको टोलीले इन्जिनियर रामचन्द्र साहलाई मंगलबार सेवाग्राहीबाट १ लाख ४० हजार (एक लाख चालीस हजार रुपैयाँ) घुस वापतको रकम लिइसकेको अवस्थामा पक्राउ गरेको छ । निर्माण कार्यको भुक्तानी वापत सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय,इटहरीबाट खटेको टोलीले निज इन्जिनियर रामचन्द्र साहलाई सेवाग्राहीबाट १ लाख ४० हजार (एक लाख चालीस हजार रुपैयाँ) घुस/रिसवत वापतको रकम लिइसकेको अवस्थामा उक्त रकमसहित निजको कार्यकक्षबाट मंगलबार नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको आयोगको प्रवक्ता श्याम प्रसाद भण्डारीले बताए ।