क्रान्ति केन्द्र सम्वाददाता
शीतलहरबाट तीन दिनअघि निधन भएको तिलाठी कोइलाडी गाउँपालिका–४ मुसहर टोलका देवु सदाको परिवारलाई विहिबार क्रिया खर्च वापत सहयोग रकम प्रदान गरिएको छ ।
मृतक सदाका छोरालाई जनता समाजवादी पार्टीका युवा नेता निरज मुक्तिले ११ हजार र राजविराज टुडे दैनिक पत्रिकाका प्रकाशक शम्भु झाले १० हजार रुपैयाँ प्रदान गरेका छन् । सदा वस्तीमा बिहिबार नेता मुक्ति र राजविराज टुडेको तर्फबाट धर्मपाल राउतले सो रकम हस्तान्तरण गरेका छन् ।
सो अवसरमा तिलाठी कोइलाडी गाउँपालिका-४ का वडा अध्यक्ष मुनिलाल मुखिया, गाउँपालिकाका विपद् ब्यवस्थापन अधिकृत राजेश कुमार झा, सञ्चारकर्मी जितेन्द्र जितु लगायतको सहभागिता रहेको थियो ।