क्रान्तिकेन्द्र सम्वाददाता
सप्तरीको बलान बिहुल गाउँपालिका–४ बेल्हीमा सिमा स्वास्थ्य समन्वय तथा संचालन सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । बेल्ही र भारतीय सिमा क्षेत्रमा कोरोनालाई लक्षित गरी हेल्प डेस्को व्यवस्था सम्बन्धी कार्यक्रमको आजोजना भएको थियो ।
बेल्हीका वडा कार्यालयमा बुधदिन भएको कार्यक्रममा छिमेकी देशहरुमा दिन प्रतिदिन कोरोना बृद्धि हुँदै जाँदा त्यसलाई लक्षित गरी नेपाल भारत सिमा क्षेत्रमा विगत एक साता देखी हेल्प डेस्को आयोजना समेत गरिएको वडा अध्यक्ष सुनिल कुमार झाले बताए ।
हेल्प डेस्कोलागि चाहिने सामानहरु जनस्वास्वाथ्य प्रमुख दुनियाँ लाल यादवले उपलब्ध गरेको वडा अध्यक्ष झाले बताए । किट, पिसिआर चेक जाँचको लागि चाहिने सामान, फेससिल्ड, साबुन, सेनिटाईजर, मलेरिया रोग जाँचको लागि चाहिने सामानहरु समेत उपवब्ध गराईएको उनले बताए ।
सोही अवसरमा वडाका ७० जनाभन्दा बढी गर्भवती महिलाहरुलाई पोष्टीक अहार समेत वितरण गरेको थियो ।
वडा अध्यक्ष झाको अध्यक्षतमा भएको कार्यक्रममा प्रमुख आतिथि गाउँपालिका अध्यक्ष खेमचन्द्र यादव र विशिष्ट अतिथि रुपमा जनस्वास्थ्य कार्यालय राजविराजका प्रमुख दुनिया लाल यादव रहेको थियो ।
सोही कार्यक्रममा गाउँपालिका उपाध्यक्ष रेणु यादव, कार्यपालिका सदस्य सुलेखा यादव, बेल्ही स्वास्थ्य व्यवस्थापन समिति अध्यक्ष मजिद्द मियाँ, ईलाका प्रहरी कार्यालय बेल्हीका ईन्चार्ज टिका निरौला लगायतको उपस्थिति रहेको थियो ।