क्रान्तिकेन्द्र सम्वाददाता
सप्तरीको छिन्नमस्ता गाउँपालिका–३ सखडामा विजय चौधरीको गोठमा आगलागी हुँदा करिब २ लाख बराबारको क्षति भएको छ । मंगलबार राति करिब साढे १२बजेतिर गोठबाट सल्केको आगो चौधरीको गोठ पुर्ण रुपे जलेर नष्ट भएको सोही वडाका वडा अध्यक्ष विजय यादवले बताए ।
चौधरीको गोठ भित्र रहेको सानो रांगा जलेर घाइते भएको र केही खाद्यान्न समेत जलेको अध्यक्ष यादबले जानकारी दिए । आगो स्थानीयको सहयोगमा आधि घण्टापछि नियत्राणमा आएकोे थियो । बिहान स्वयं त्यहाँ पुगेर त्यहाँको अवस्थाबारे जानकारी लिएको वडा अध्यक्ष यादवले बताए ।
रांगाको उपचारको लागि तुरन्तै गाउँपालिकाबाट व्यवस्था मिलाई राहतको लागि गाउँपालिबाट समन्वय गरी यथासिघ्र व्यवस्था मिलाउने अध्यक्ष यादबले बताए ।