क्रान्तिकेन्द्र सम्वाददाता
जनता समाजवादी पार्टी नेपाल मधेश प्रदेशको संसदीय दलको नेतामा निवर्तमान सभामुख सरोज कुमार यादव सर्वसम्मत रुपमा चयन भएका छन् ।
सोमबार संसदीय दलको नेताका लागि यादव र मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले उम्मेदवारी दर्ता गराएका थिए । मुख्यमन्त्री राउतले उम्मेदवारी दर्ता फिर्ता लिएपछि यादव सर्वसम्मत रुपमा चयन भएका हुन् ।
गत मंसिर ४ गते प्रदेशसभाको चुनावमा बारा निर्वाचन क्षेत्र नम्बर १ (ख) बाट यादव आफ्ना प्रतिद्वन्द्वी नेपाली काँग्रेसका नागेन्द्र प्रसाद कानुलाई ४ हजार ८ सय ८७ मतको अन्तरले पराजीत गरेका थिए । यादबको पक्षमा कुल मत १५ हजार ४ सय २७ मत प्राप्त भएको थियो, भने काँग्रेस नेता कानुको पक्षमा ११ हजार ४० मत मात्र प्राप्त भएको थियो । हाल जसपालाई मधेश प्रदेशमा १६ जना सांसद छन् ।