क्रान्ति केन्द्र सम्वाददाता
सप्तरीको तिलाठी कोईलाडी गाउँपालिक–४ का ४५ बर्षिय देवु सदा बिहिबार राति चिसोबाट कठयाङगिएर मृत्यु भएको थियो । आईतबार पिडित परिवारलाई गाउँपालिकाबाट राहत सामग्री प्रदान गरिएको छ ।
गाउँपालिकाको कार्यालयबाट ५० किलो चामल, ५ किलो भुजा, ५ किलो दाल, ५ किलो नुन, अढाई किलो खाने–तेल, दुई थान कमल र एक थान त्रिपाल प्रदान गरिएको गाउँपालिकाका विपद् ब्यवस्थापन अधिकृत राजेश कुमार झाले जानकारी दिए ।
गाउँपालिकाका अध्यक्ष अरुण कुमार मण्डल, वडा नम्बर ४ का वडा अध्यक्ष मुनीलाल मुखिया, वडा नम्बर ५ का वडा अध्यक्ष ललन प्रसाद राउतले सो सामग्रीहरु हस्तान्तरण गरे । सो अवसरमा जनस्वास्थ्य निरीक्षक दिपक मण्डल, काँग्रेसका नेता शम्भुलाल देव सहितको सहभागिता रहेको थियो ।