Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

म्युजिक भिडियो ‘द ग्रेट सप्तरी, द बेस्ट सप्तरी’ सार्वजनिक 

म्युजिक भिडियो ‘द ग्रेट सप्तरी, द बेस्ट सप्तरी’ सार्वजनिक 

 

 

क्रान्ति केन्द्र सम्वाददाता

 

सप्तरी जिल्लाको पहिचान, स्वाभिमान र संस्कृती झल्किने सप्तरी गान ‘द ग्रेट सप्तरी, द बेस्ट सप्तरी’ मैथिली म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।

संविधानसभा सदस्य एवम् पूर्व सिंचाई मन्त्री उमेश कुमार यादवको सहयोगमा निर्माण भएको उक्त म्युजिक भिडियो ‘जननी फिल्म्स्’ नामक युट्युब च्यानलबाट शुक्रबार साँझ सार्वजनिक गरिएको हो । उनी २०७० मा निर्वाचित भएपछि अन्य क्षेत्र जस्तै कला, साहित्य र संस्कृतिको संरक्षण सम्वर्द्धन हुनुपर्ने भने सोचका साथ‘द ग्रेट सप्तरी द बेस्ट सप्तरी, ग्रीन राजविराज क्लिन राजविराज, अपन गाम सुन्दर ठाम बोलको गीत खुल्ला प्रतिष्पर्धाबाट छनौट भई रेकर्डिङ्ग गरिएको थियो । गीतको छनौट समितिमा वरिष्ठ पत्रकार स्व. शिवहरि प्रसाद भट्टराई, व्यासशंकर उपाध्याय र श्यामसुन्दर यादव रहेका थिए ।

साहित्यकार सागरवीर कडारीको शब्द रचना रहेको उक्त गीतमा शैलेन्द्र विश्वकर्मा, कैलाश झा, देवेन्द्र सोनी, अञ्जु यादवलगायतका गायक–गायिकाको सु–मधुर स्वर रहेको छ । जिल्लाको पहिचान, स्वाभिमान एवम् गौरवगाथा वर्णन गरिएको उक्त गीतमा चर्चित सङ्गीतकार शैलेन्द्र विश्वकर्माको सङ्गीत रहेको छ ।

भिडियोमा नायिका डोली सरकार र नायक सौरभ चौधरीको मुख्य भूमिका रहेको छ । भिडियोको सम्पादन सूर्यनारायण साह ‘बैजु’, प्रेम राउत र श्यामसुन्दर यादवले गरेका छन् । राजविराजको रेणुका रेकर्डिङ्ग स्टुडियोमा अडियो रेकर्डिङ्ग भएको उक्त गीतको निर्देशन नायिका डोली सरकारले गरेकी छिन् ।

डोली र सौरभका अतिरिक्त चर्चित मोडेलहरु ऋषिका चौधरी, मुकेश यादव, खलनायक फिरोज खान, नवीन, तुलसी सिंह, गायक कैलाश झा, देवेन्द्र सोनी, अन्जु यादव, सङ्गीतकार शैलेन्द्र विश्वकर्मा, गीतकार सागरवीर कडारी, कल्पना सरकार, चम्पा विश्वकर्मा, अञ्जली कार्की, सुनिता ईशर, पल्लवी मिश्रा, हेमा ईशरलगायतका कलाकारहरुको अभिनय रहेको छ । छायाङ्कन चर्चित क्यामेराम्यान विनोद सापकोटा, ड्रन छायाङ्कन नगिन धिमाल तथा भिडियोको परिकल्पना एवम् संयोजन श्यामसुन्दर यादवले गरेका छन् ।

विभिन्न धर्म सम्प्रदायको पहिचान, संस्कृति, धार्मिक, सांस्कृतिक, ऐतिहासिक स्थल, कृषि, परिवेश, ऐतिहासिक आन्दोलनका साथै विविध महत्व झल्काउने विषयवस्तुलाई भिडियोमा देखाईएको छ । यस अतिरिक्त सप्तरीका युवाहरुले जिल्लामा थालेको ऐतिहासिक ५० हप्ते सरसरफाई अभियानका केही दृष्यहरु समेत समावेश गरिएको छ ।

एउटै गीतमा एकसाथ ४० जना भन्दा बढी कलाकारहरुको प्रयोग गरिएको सप्तरी गान जिल्लाकै म्युजिक भिडियोको इतिहासमा पहिलो भएको जननी फिल्म्स् प्रा.लि.की सञ्चालक समेत रहेकी गायिका अन्जु यादवले जानकारी दिईन् । सप्तरी गानको अडियो र भिडियो निर्माण कार्यमा आ–आफ्नो तर्फबाट महत्वपूर्ण भूमिका निर्वहन गर्ने सबैलाई उनले धन्यवाद् दिएकी छिन् ।

करिब ७ वर्ष अघि छायाङ्कन गरिएको उक्त म्युजिक भिडियो प्राविधिक कारणवश सार्वजनिक गर्न ढिलाई भएको नेकपा माओवादीका पोलिटब्यूरो सदस्य समेत रहेका संविधानसभा सदस्य एवम् पूर्व सिंचाई मन्त्री उमेश कुमार यादवले बताए । समग्र सप्तरीको पहिचान झल्काउने यो गीतलाई सबैले मन पराएर शेयर गरी जनजनमा पुर्याउनेमा आफु आशावादी रहेको उनले विश्वास व्यक्त गरे । कलाकारहरु समाज र राष्ट्रको गौरव भएकाले संरक्षण एवम् प्रवद्र्धन हुनुपर्नेमा जोड दिँदै उनले भने ‘कलाको माध्यमले थोरै शब्दमा धेरै कुरा अभिव्यक्त गर्न सकिन्छ, त्यसैले ’सप्तरी जिल्लाको पहिचान र विविधतालाई सप्तरी गान मार्फत उजागर गर्ने प्रयास गरेको छौं ।’

 

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

डा. बबी भन्छिन् : राजनीतिबाट पैसा कमाउने आवश्यकता छैन, पुर्खोली सम्पत्तिले पुग्छ

डा. बबी भन्छिन् : राजनीतिबाट पैसा कमाउने आवश्यकता छैन, पुर्खोली सम्पत्तिले पुग्छ

सप्तरीमा सात  सय सेना परिचालित

सप्तरीमा सात सय सेना परिचालित

सप्तरी-१मा नो भोटिङ अभियान

सप्तरी-१मा नो भोटिङ अभियान

नेताको प्रतिक्षा गर्दै सडक

नेताको प्रतिक्षा गर्दै सडक

पूर्वमन्त्री जितेन्द्र देवले नेकपा एमाले परित्याग गरे

पूर्वमन्त्री जितेन्द्र देवले नेकपा एमाले परित्याग गरे

नीति निर्माणमा जनताको प्रत्यक्ष सहभागिता गराउने छु: उमेश यादव 

नीति निर्माणमा जनताको प्रत्यक्ष सहभागिता गराउने छु: उमेश यादव 

Natraj Technology advertisement

ताजा समाचार

डा. बबी भन्छिन् : राजनीतिबाट पैसा कमाउने आवश्यकता छैन, पुर्खोली सम्पत्तिले पुग्छ

डा. बबी भन्छिन् : राजनीतिबाट पैसा कमाउने आवश्यकता छैन, पुर्खोली सम्पत्तिले पुग्छ

सप्तरीमा सात  सय सेना परिचालित

सप्तरीमा सात सय सेना परिचालित

सप्तरी-१मा नो भोटिङ अभियान

सप्तरी-१मा नो भोटिङ अभियान

लहान–२४ डंडा टोलमा दर्जनौं नेता–कार्यकर्ता एमाले प्रवेश

लहान–२४ डंडा टोलमा दर्जनौं नेता–कार्यकर्ता एमाले प्रवेश

नेताको प्रतिक्षा गर्दै सडक

नेताको प्रतिक्षा गर्दै सडक

पूर्वमन्त्री जितेन्द्र देवले नेकपा एमाले परित्याग गरे

पूर्वमन्त्री जितेन्द्र देवले नेकपा एमाले परित्याग गरे

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology


Logo
No Result
View All Result
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology