क्रान्ति केन्द्र सम्वाददाता
भारत विरुद्ध श्रीलंकाको तीन खेलको टी-२० सिरीज आज अन्तिम तथा निर्णायक खेलमा भारतीय ब्याट्सम्यान सूर्य कुमार यादबले आफ्नो करियरको तेश्रो शतक पूरा गरेको छ ।
यादबले टी-२०को ४५ खेलमा ३ शतक र १३ अर्ध शतक साथ १५७८ रन बनाईएका छन । भारतको राजकोट सौराष्ट क्रीकेट मैदानमा भएको खेलमा भारतीय कप्तान हार्दिक पाण्ड्या टस जीतेर पहिला ब्याटिङको निर्णाय गरेको थियो ।
भारतीय टिमले निर्धारित २० ओभरमा आफ्ना ५ विकेटका क्षतिमा २२८ रनको विशाल स्कोर बनाएका थिए । जसमा भारतिय ब्याट्सम्यान सूर्यकुमार यादबले सर्वाधिक रन बनाएका थिए । यादबले ५१ बलको सामना गर्दै ७ चौका र ९ छक्का मदतले अभिजीत ११२ रन बनाएका थिए ।
त्यस्तै, शुभम गिल ४३, राहुल त्रिपाठी ३५ र अक्षर पटेलले अभिजित २१ रन बनाएका छन ।
बलिङ्ग तर्फ श्रीलंकाका दिलशान मदुशंकालाई २ विकेट भेटेका थिए र चरित असलंका, वानिन्दु हसरंगा, चमिका करुणारत्ने १/१ विकेट समेत भेटेका थिए ।















