श्रवण वत्स
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–१ तिलाठीमा सरस्वती पुजा समिति गठन भएको छ । शनिबार २०७९ सालको पुजाको लागि अजित मिश्र (पप्पु)को अध्यक्षतामा १२ सदस्यीय समिति गठन भएको हो ।
वरिष्ठ उपाध्यक्षमा वावु नारायण मिश्र “वौवा” उपाध्यक्षमा ज्योतिष झा, सचिवमा रवि केशव मिश्र, सह–सचिवमा नरेश यादव “बबलु” कोषाध्यक्षमा चन्दन झा रहेको छ । सदस्यहरुमा आशिष झा, राज कुमार यादव, विष्णु मण्डल, अनुप झा, राहुल झा र विपिन यादव रहेको समितिले जनाएको छ ।
त्यस्तै सल्लाहकारहरुमा दिनेश्वर मिश्र, शम्भूनाथ झा, बालेश्वर झा, भोगानन्द मिश्र, बुदुर झा, ललित नारायण झा, दुर्गानन्द झा, हरिनन्द झा, अविनाश मिश्र, अखिलेश्वर झा र नागेन्द्र झा रहेका छन् ।
सरस्वती पूजा तिलाठी गाउँको गौरवको प्रतिकको रुपमा रहेको यसलाई हरेक बर्ष अगाडि लिएर जाने नव समितिको अध्यक्ष मिश्रले बताए ।
मेलालाई विगतको समय भन्दा आकर्षण बढाउनको लागि विगतको कार्यक्रमको साथ साथै नयाँ केही कार्यक्रमहरु समेत रहने सल्लाहकार भोगानन्द मिश्रले बताए ।
४ दिवसीय सरस्वती पूजाको सयौं वर्ष भन्दा बढीको इतिहास तिलाठीको रहेको हुँदैआएको सोही वडाका वडा अध्यक्ष दिनेश्वर मिश्रले बताए । केही बर्ष देखी शुभ दिनको हेरफेरले पुजा ५/६/७ दिनको भएको उनले बताए ।
तत्काल १२ सदस्यीय समिति गठन भएपनि पुजामा सम्पुर्ण ग्रामीणको सहयोग आवश्यक भएकोले गठित समितिले सबै ग्रामीणलाई सल्लाह सुझाव तथा सहयोगको लागि आग्रह गरेको छ ।