क्रान्ति केन्द्र सम्वाददाता
तिलाठीकोइलाडी -०३ सकरपुरामा २ सय ५ मिटर लम्बाईको ढलान सडक निर्माण कार्य थालिएको छ । बिहिबार देखि रिता साहको घर देखी रामचन्द्र साहको घर सम्मको सडक निर्माण कार्य थालिएको स्थानीय युवा नेता शिवनाथ यादवले बताए । उनले वडा अध्यक्ष रमेश मुखियाले सकरपुरामा विकासको कार्यलाई तिव्रता दिएको बताए ।
निर्माण थालिएको सडक साविकमा २ मिटर रहँदा अहिले आवश्यकता अनुसार संरचना भत्काएर त्यसलाई ४ मिटरको सडक बनाएको नेता यादवले बताए ।
‘पहिला सडक २ मिटर थियो, अहिले ४ मिटर बनाइएको छ,’ उनले भने ‘सडकमा पर्ने १ वटा पक्की घर, ३ वटा टीनको छाना भएको घर, २ वटा शौचालय र ४ वटा नरिवलको रुख भत्काइएको छ।’
निर्माण थालिएको पहिलो दिन ६० मिटर ढलान कार्य भएको उनले बताए ।