क्रान्ति केन्द्र सम्वाददाता
धर्मी हल्फा महिला विकास क्लवद्वारा सप्तरीको डाकनेश्वरी नगरपालिका-२ हरीरैवाका अग्निपीडितलाई बिहीबार राहत बितरण गरिएको छ । स्थानीय पीडित मोहम्मद हकिम मियाँलाई क्लवद्वारा त्रिपाल, झूल, तन्ना, थाल, गिलास, खाना पकाउने डेकची, कराही, कर्छुल, लत्ता कपडा लगायको सामग्री सहयोग गरेको क्लवका अध्यक्ष ई. सूर्य नारायण यादवले जानकारी दिए ।क्लवले बिगतका समय देखि नै सप्तरीका विभिन्न पीडितहरुलाई सहयोग गर्दै आएको छ । राहत सानै भए पनि तत्काल पीडितलाई घाउमा मलहम लगाउन काम लाग्लाअध्यक्ष यादबले बताए ।
सो क्रममा मौलाना मोहम्मद हामिद, मोहम्मद हाकिम मियाँ लगायत स्थानीयहरुको उपस्थिति रहेको थियो ।
आगलागी गत पौष १२ गते भएको थियो । जसबाट मियाँको ४ थान चौपाया सहित लत्ता कपडा, खाद्यान्न समेत जलेर नष्ट भएको थियो ।