क्रान्ति केन्द्र सम्वाददाता
सप्तरीको बलान बिहुल गउँपालिका–४ बेल्ही स्थित रहेको जनता आधारभूत विद्यालयको मधेश प्रदेश सामाजिक विकास मन्त्रालयको सहयोगमा दुई तल्ले भवनको बुधबार शिलान्यास भएको छ ।
विक्रम सम्वत २०११ सालमा विद्यालयको स्थापना भएका हाल सो विद्यालय जीर्ण अवस्थामा पुग्दा मधेश प्रदेश सामाजिक विकास मन्त्रालयले भवन निर्माणको लागि ५० लाख सहयोग गरेको छ । केही दिन देखी भवन निर्माण काममा विवाद उत्पन्न सुरु भएको थियो ।
त्रिपक्षीय सम्झौता पश्चात विद्यालय परिसरमा दुई तल्ले ६ कोठाको सो भवनको एक कार्यक्रम बीच शिलान्यास भएको वडा अध्यक्ष सुनिल कुमार झाले बताए । भवनको दुई बर्ष भित्र सम्पूर्ण तयारी हुनु पर्ने सम्झौतामा उल्लेख छ । भवनको सम्पूर्ण भुक्तानी समेत सामाजिक ईकाई कार्यालय राजविराजबाट हुने, सम्झौता पत्रमा उल्लेख रहेको वडा अध्यक्ष झाले बताए ।
वडा अध्यक्ष झाको अध्यक्षतामा एक कार्यक्रम बीच सो भवनको शिलान्यास भएको थियो । कार्यक्रमको प्रमुख आतिथि गाउँपालिका अध्यक्ष खेमचन्द्र यादव र विशिष्ट आतिथिको रुपमा सामाजिक ईकाई प्रमुख दुनियालाल यादव रहेको थियो ।
सो कार्यक्रममा विद्यालयको प्रध्यापक नेतिलाल यादव,शिक्षकशिक्षिका, सबै वडाका वडा अध्यक्षहरु युवा क्लवका पदाधिकारी, समाजसेवी, बुद्धिजीवि, राजनीतिकर्मी, पत्रकार सहितको उपस्थिति रहेको थियो ।