Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

जनतालाई शीतलहरबाट जोगाउन प्रजिअहरुलाई गृहमन्त्रीको निर्देशन

जनतालाई शीतलहरबाट जोगाउन प्रजिअहरुलाई गृहमन्त्रीको निर्देशन

क्रान्ति केन्द्र सम्वाददाता

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले जनताको गुनासो नआउने ढंगले सेवा प्रवाह गर्न प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरुलाई निर्देशन दिएका छन् । उनले शीतलहर, जाडो जस्ता प्राकृतिक प्रकोपबाट जनतालाई जोगाउने योजना बनाएर काम गर्न पनि निर्देशन दिए ।

देशभरका प्रमुख जिल्ला अधिकारीहरुलाई सम्बोधनको क्रममा उनले भने, ‘विपदका समयमा प्रत्यक्ष उपस्थिति र प्रभावकारी सञ्चारले ठूलो महत्त्व राख्छ । शीतलहरबाट कुनै नागरिकले क्षति व्यहोर्नु नपरोस् भन्ने विषयलाई हृदयंगम गरी आवश्यक पूर्व तयारी एवं प्रतिकार्यका लागि तयार होऔं ।’

मन्त्री लामिछानेले आज ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई भर्चुअल माध्यमबाट सम्बोधन गरेका थिए । सोही क्रममा मन्त्री लामिछानेले गुनासोरहित सेवा प्रवाहमा ध्यान दिन, नागरिकका समस्या सुन्दा र समाधानको पहल गर्दा समभाव सहित गर्न निर्देशन दिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले जानकारी दिए ।

प्रजिअ उपाध्यायका अनुसार मन्त्री लामिछानेले सुरक्षा व्यवस्था चुस्त दुरुस्त राख्न र राजश्व चुहावट नियन्त्रणमा पनि ध्यान दिन निर्देशन दिएका छन् । ‘राजस्व चुहावट नियन्त्रण गर्न निर्मम हुनुहोस् । कुनै पनि तस्कर, विचौलिया वा अवैध निकासी पैठारीकर्ताले कुनै खाले संरक्षण पाउने छैन भन्ने कुरामा विश्वस्त हुनुहोस्,’ मन्त्री लामिछानेले भनेका थिए ।

उनले क्षतिपूर्ति तथा मुआब्जा निर्धारण गर्दा त्यसले राज्यकोषमा पार्ने प्रभाव र मूल्यांकनको दीर्घकालीन प्रभावबारे विचार गर्न पनि सीडीओहरुलाई निर्देशन दिएका थिए ।
जुनसुकै माध्यमबाट दर्ता हुन आएका उजुरीहरूको छानबिनमा जोड दिन र विवेकपूर्ण निर्णय गरेर पीडितलाई न्याय दिन उनले निर्देशन दिएका थिए । उनले भने, ‘तपाईंहरु न्याय गर्ने ठाउँमा हुनुहुन्छ । न्याय गर्दा लिपिवद्ध कानून मात्र नभएर विवेकको प्रयोग गर्नुपर्ने अवस्थामा विवेक प्रयोग गर्नुहोस् । यान्त्रिक हिसाबले गरिने निर्णयले सेवाग्राहीले न्याय नपाउन सक्छ । विवेकले निर्णय गर्नुपर्ने अवस्थामा निर्णयमा त्यसको पुष्ट्याइँ पनि लेख्नुहोस् ।’

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

सप्तरीका भारतसँग जोडिएको नाका तीन‌ दिन बन्द हुने

सप्तरीका भारतसँग जोडिएको नाका तीन‌ दिन बन्द हुने

मौलिक हकबाट वञ्चित लोखरमका मुसहर बस्तीका बासिन्दा

मौलिक हकबाट वञ्चित लोखरमका मुसहर बस्तीका बासिन्दा

विओपी छिन्नमस्ताको पहलमा हैजा पीडित परिवारवारलाई आर्थिक सहयोग

विओपी छिन्नमस्ताको पहलमा हैजा पीडित परिवारवारलाई आर्थिक सहयोग

अग्निसाइरका अध्यक्षले राजीनामा दिएको बिषय अस्विकारे

अग्निसाइरका अध्यक्षले राजीनामा दिएको बिषय अस्विकारे

स्वास्थ्यमन्त्रीलाई जेन–जी सप्तरीको ज्ञापनपत्र

स्वास्थ्यमन्त्रीलाई जेन–जी सप्तरीको ज्ञापनपत्र

अग्निसाइर कृष्णासवरण गाउँपालिकाका अध्यक्षले‌ दिए राजीनामा

अग्निसाइर कृष्णासवरण गाउँपालिकाका अध्यक्षले‌ दिए राजीनामा

Natraj Technology advertisement

ताजा समाचार

सप्तरीका भारतसँग जोडिएको नाका तीन‌ दिन बन्द हुने

सप्तरीका भारतसँग जोडिएको नाका तीन‌ दिन बन्द हुने

मौलिक हकबाट वञ्चित लोखरमका मुसहर बस्तीका बासिन्दा

मौलिक हकबाट वञ्चित लोखरमका मुसहर बस्तीका बासिन्दा

लोखरममा फैलिएको हैजा संक्रमण पुष्टि

लोखरममा फैलिएको हैजा संक्रमण पुष्टि

विओपी छिन्नमस्ताको पहलमा हैजा पीडित परिवारवारलाई आर्थिक सहयोग

विओपी छिन्नमस्ताको पहलमा हैजा पीडित परिवारवारलाई आर्थिक सहयोग

गजेन्द्रनारायण सिंह अस्पतालमा निमित्त मेसु नपठाउन स्वास्थ्यमन्त्रीलाई जेन–जी सप्तरीको ज्ञापन

गजेन्द्रनारायण सिंह अस्पतालमा निमित्त मेसु नपठाउन स्वास्थ्यमन्त्रीलाई जेन–जी सप्तरीको ज्ञापन

अग्निसाइरका अध्यक्षले राजीनामा दिएको बिषय अस्विकारे

अग्निसाइरका अध्यक्षले राजीनामा दिएको बिषय अस्विकारे

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology