क्रान्ति केन्द्र सम्वाददाता
सप्तरीको विष्णुपुर गाउँपालिका–७ विष्णुपुरका विपन्न परिवार र बालबालिकालाई देवेनारा परिवार विराटनगरको सहयोग र नेपला भारत मैत्री महासंघको आयोजनामा शुक्रबार न्यानो कपडा वितरण गरिएको छ ।
देवेनारा ग्रूपको सहयोग, नेपाल भारत मैत्री महासंघको आयोजना र नेपाल ईन्जिनियरिंग समाजको समन्वयमा न्यानो कपडा वितरण गरेको नेपला भारत मैत्री महासंघका अध्यक्ष ई.संजिव नारायण यादवले बताए ।
मैत्री महासंघ अध्यक्ष ई. यादवको अध्यक्षतामा विपन्न परिवार र बालबालिकाहरुलाई कुल ४० थान कमल, स्विटर, टोपी र ओढना वितरण गरेको अध्यक्ष ई. यादवले बताए ।
पहिलो चरणमा वडा नम्बर ७ र दोश्रो चरणमा गोरगामा, तेश्रो चरणमा रन्जितपुर चौथौ चरणमा मझाउमा समेत वितरण गर्ने अध्यक्ष ई यादवले बताए ।
सो कार्यक्रममा महासंघको अध्यक्ष ई. संजिव नारायण यादव, समाजसेवी संतोष यादव, समाजसेवी सरोज राम, युवा दिपेन्द्र कुमार साह, संतोष राम, लालु राम लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।