क्रान्ति केन्द्र सम्वाददाता
सप्तरीको छिन्नमस्ता गाउँपालिका–३ गोविन्दपुरमा बिहिबार राति आगो लाग्दा दुई लाख बराबरको क्षति भएको छ ।
मोहम्मद मजिद मियाँको गोठघरमा विद्युत शर्ट सर्किटबाट सल्केको आगोले मियाँको गोठ भित्र रहेका दुई वटा गाई घाईते भएको र खाद्यान्न, लत्ता कपडा जलेर नष्ट भएको गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीले बताए ।
‘विहान जानकारी हुन बितिकै म, गाउँपालिका उपाध्यक्ष राजो देवी यादव, सोही वडाका वडा अध्यक्ष विजय यादव, ईलाका प्रहरी कार्यालय सखडाका सई पप्पु झा लगायतका व्यक्तिले घटना स्थल पुगेर घटनाबारे जानकारी समेत लिएका थिए’ अध्यक्ष चौधरीले भने ‘स्थानीय र ईलाका प्रहरी कार्यालय सखडा प्रहरीको सहयोगमा आगो आधा घण्टा पछि नियन्त्रणमा आएको थियो ।’
गाउँपालिकाबाट गाई उपचारको लागि जति सक्दो हुन्छ सहयोग गर्नुको साथै आवश्यक राहतको सामग्री उपलब्ध समेत गराउने अध्यक्ष चौधरीले जानकारी दिए ।