क्रान्ति केन्द्र सम्वाददाता
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मातृ शोक परेको छ । मोदीकी आमा हीरा बेन मोदीको १०० वर्षको उमेरमा निधन भएको छ ।
अहमदाबादस्थित यूएन मेहता इन्स्टिच्युट अफ कार्डियोलोजी एन्ड रिसर्च सेन्टरमा उपचाररत उनको नेपाली समय अनुसार शुक्रबार बिहान ३ः४५ मिनेटमा निधन भएको हो ।
उनको स्वास्थ्यमा समस्या देखिए पछि बुधबार अहमदाबादस्थित यूएन मेहता इन्स्टिच्युट अफ कार्डियोलोजी एन्ड रिसर्च सेन्टरमा भर्ना भएकी थिइन् । उनको निधनसँगै भारतीय जनता पार्टी (बीजेपी) र अन्य दलका नेताहरूले श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् ।
बुधबार प्रधानमन्त्री मोदी आमाको स्वास्थ्य अवस्था बुझ्नका लागि अस्पताल पुगेका थिए । हीराबेन भारतको गान्धिनगर नजिकैको रेसान गाउँमा कान्छो छोरो पंकज मोदीसँग बस्दै आएकी थिइन् ।
उनलाई दाह संस्कारको लागी लगिसकिएको छ । प्रधानमन्त्री मोदीले पनि संस्कारमा सहभागी भएका छन् ।