क्रान्ति केन्द्र सम्वाददाता
ब्राजिलका विश्वविख्यात फुटबल खेलाडी पेलेको ८२ वर्षको उमेरमा निधन भएको छ । पेलेको बिहीबार अल्बर्ट आइन्स्टाइन अस्पतालमा निधन भएको हो । क्यान्सरबाट पीडित उनको अस्पतालमा उपचार भइरहेको थियो ।
उनले आफ्नो खेल जीवनमा विश्व कीर्तिमान १ हजार २ सय ८१ गोल गरेका थिए।