Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान ब्यारेज कृषि मन्त्रालय गजेन्द्रनारायण सिंह अस्पताल asyhanitab gaupal;ikla bhrastachar
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

नेपालको ४४ औं प्रधानमन्त्रीका रुपमा दाहाल नियुक्त

प्रधानमन्त्रीको लागि दाहालको दाबी पेस

 

क्रान्ति केन्द्र सम्वाददाता

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेपालको ४४ औं प्रधानमन्त्रीका रुपमा नियुक्त भएको छ । आइतबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई दोस्रो ठूलो दल नेकपा एमाले सहित सात दल र ३ स्वतन्त्र गरी १६९ सांसदको समर्थन जुटाएर प्रधानमन्त्रीका लागि राष्ट्रपति समक्ष दाबी पेस गरेका थिए । उनलाई संविधानको धारा ७६ को (२) अनुसार दाहाललाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गरे ।
सत्ता गठबन्धनमा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासँग कुरा नमिलेपछि प्रचण्ड एमाले अध्यक्ष केपी शर्मा ओलीसँग बार्ता गर्न बालकोट पुगेका थिए । उक्त भेटमा ७ दलको बैठक बसेको थियो । त्यस बैठकले प्रधानमन्त्रीमा प्रचण्डलाई अघि सार्ने निर्णय गरेको थियो ।
२७५ सांसद रहेको प्रतिनिधि सभामा प्रचण्डलाई नेकपा एमालेको ७८, माओवादी केन्द्रका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राष्ट्रिय प्रजातन्त्र पार्टीका १४, जनता समाजवादी पार्टीका १२, जनमत पार्टीका ६, नागरिक उन्मुक्ति पार्टीका ४ र अमरेशकुमार सिंह, प्रभु साह र किरण साहसहित १६९ सांसदले समर्थन गरेका छन् ।
सात दलबीच भएको सहमति अनुसार एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आधा आधा कार्यकाल प्रधानमन्त्री हुने भएका छन् । प्रधानमन्त्री र सभामुखमा आलोपालोको सहमति भएको छ । यो सहमति अनुसार सुरुमा प्रचण्ड प्रधानमन्त्री हुने भएकाले एमालेले सभामुख पनि लिनेछ । जब एमालेले प्रधानमन्त्री भएको बेला माओवादीले सभामुख पाउने छ । साथै प्रदेशमा पनि मिलिजुलि सरकार बन्ने सहमति भएको छ ।
प्रचण्ड संविधानको धारा ७६ को उपधारा २ अनुसार दुई वा दुई भन्दा धेरै दलहरुको समर्थनमा प्रधानमन्त्री हुन लागेका हुन् ।
गत चुनावमा कुनै एक दलको बहुमत नआएकाले राष्ट्रपति विद्यादेवी भण्डारीले आईतबार बेलुकी ५ बजेसम्ममा सरकार गठनका लागि दाबी पेश गर्न दलहरुलाई आह्वान गरेकी थिइन् ।
जसअनुसार प्रचण्डले आफूलाई समर्थन गर्ने दलका नेताहरु सहित शितल निवास गएर सरकार बनाउन दावी पेश गरेका हुन् ।
यससँगै तेस्रोपटक प्रधानमन्त्री बनेका दाहालले सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएका छन् । राष्ट्रपति कार्यालयले प्रधानमन्त्रीको शपथ सोमबार ४ बजे तय गरेको राष्ट्रपतिका प्रेस विज्ञ टीका ढकालले जानकारी दिए । दाहाल यसअघि २०६५ र २०७३ मा ९/९ महिनाको अवधि प्रधानमन्त्री बनेका थिए ।

राजनीतिक यात्रा

कक्षा १० मा पढ्ने बेलादेखि राजनीतिक चासो राखेका दाहाल २०२८ सालमा कम्युनिस्ट पार्टीमा आबद्ध भएका थिए । २०४२ सालमा नेकपा मशालको पाँचौँ महाधिवेशनबाट केन्द्रीय सदस्य बने । २०४६ सालको जनआन्दोलनअघि मशालको महासचिव बने ।
२०५२ साल फागुन १ गतेबाट सुरु भएको तत्कालीन नेकपा माओवादीको जनयुद्धको नेतृत्व गरेका दाहाल २०५८ मा नेकपा माओवादीको अध्यक्ष भए भने २०५८ मा जनमुक्ति सेनाको सर्वोच्च कमान्डर पनि बने । त्यस यता लगातार पार्टी नेतृत्वमा रहेका दाहाल २०७५ सालमा एमालेसँगको पार्टी एकीकरणपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को अध्यक्ष पनि बने ।

 

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र सम्वाददाता

क्रान्ति केन्द्र सम्वाददाता

संबन्धित समाचार

पोस्टमार्टम गृहबाट शव लुटियो, प्रहरी मुखदर्शक

पोस्टमार्टम गृहबाट शव लुटियो, प्रहरी मुखदर्शक

सप्तरीमा चपाकल सुक्ने समस्या

सप्तरीमा चपाकल सुक्ने समस्या

उच्च अदालत राजविराज इजलासको फैसला तिव्र, १८ महिना नाघेको मुदा शुन्य 

उच्च अदालत राजविराज इजलासको फैसला तिव्र, १८ महिना नाघेको मुदा शुन्य 

सिटिजन्स बैंक कल्याणपुरद्वारा मझौ विद्यालयलाई शुद्ध पिउने पानी मेसिन प्रदान

सिटिजन्स बैंक कल्याणपुरद्वारा मझौ विद्यालयलाई शुद्ध पिउने पानी मेसिन प्रदान

भुक्तानीको अन्तिम रात शम्भुनाथमा कर्मचारीलाई हातपात

भुक्तानीको अन्तिम रात शम्भुनाथमा कर्मचारीलाई हातपात

अस्पताल सुनसान, क्लिनिक भरिभराउ 

अस्पताल सुनसान, क्लिनिक भरिभराउ 

Natraj Technology advertisement

ताजा समाचार

पोस्टमार्टम गृहबाट शव लुटियो, प्रहरी मुखदर्शक

पोस्टमार्टम गृहबाट शव लुटियो, प्रहरी मुखदर्शक

सप्तरीमा चपाकल सुक्ने समस्या

सप्तरीमा चपाकल सुक्ने समस्या

उच्च अदालत राजविराज इजलासको फैसला तिव्र, १८ महिना नाघेको मुदा शुन्य 

उच्च अदालत राजविराज इजलासको फैसला तिव्र, १८ महिना नाघेको मुदा शुन्य 

हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. ५ मा वडा भवनको उद्घाटन

हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. ५ मा वडा भवनको उद्घाटन

सिटिजन्स बैंक कल्याणपुरद्वारा मझौ विद्यालयलाई शुद्ध पिउने पानी मेसिन प्रदान

सिटिजन्स बैंक कल्याणपुरद्वारा मझौ विद्यालयलाई शुद्ध पिउने पानी मेसिन प्रदान

भुक्तानीको अन्तिम रात शम्भुनाथमा कर्मचारीलाई हातपात

भुक्तानीको अन्तिम रात शम्भुनाथमा कर्मचारीलाई हातपात

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology


Logo
No Result
View All Result
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology