क्रान्ति केन्द्र सम्वाददाता
नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले गठबन्धन टुटेको बताएका छन् । संचारकर्मीसँग कुरा गर्दै उनले माओवादी अध्यक्ष प्रचण्डले गठबन्धन तोडेर गएकाे बताएका हुन् । प्रचण्ड बैठको बिचबाटै बालुवाटारबाट निस्केका थिए । अहिले प्रचण्ड केपी ओलीको निवास बालकोट गएका छन्।
जनता समाजवादी पार्टीका अशोक राई, राष्ट्रिय स्वतन्त्र पार्टीका रबि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्र लिङदेन समेत एमाले अध्यक्ष केपी ओलीसँग छलफल गर्न बालकोट पुगेका छन् । सत्तागठबन्धनमा सहमति नभएपछि उनीहरू एमालेसँग छलफलमा जुटेका हुन्।