क्रान्ति केन्द्र सम्वाददाता
प्रेस चौतारी नेपाल शाखा सप्तरीका कार्यसमिति सदस्य पब्लिक प्रेस दैनिकका प्रकाशक तथा आम नेपाली टेलिभिजनका सम्वाददाता नविन यादमाथि भएको आक्रमणको प्रेस चौतारी नेपालले भर्त्सना गर्देै दोषीमाथि कारबाहीको माग गरेको छ । चौतारीको अध्यक्ष डम्बर राईले शनिबार एक विज्ञप्ती जारी गर्दै यस्तो माग गरेको हो ।
‘समाचार संकलनका क्रममा २०७९ पुस ७ गते साँझ ६ः३० बजे राजविराजस्थित सहिद दशन चोकमा जनमत पार्टीका कार्यकर्ता राजगढ गाउँपालिका–१ झुटकी घर भई हाल राजविराज नगरपालिका–२ बसोबास गर्दै आएका दिलिप मण्डलले गरेको दुव्र्यवहार र आक्रमणप्रति निन्दा एवम् घोर भर्त्सना गर्दछौ ।’ विज्ञप्तीमा भनिएको छ ‘मिथिला साहित्य कला प्रतिष्ठान (मिलाफ)द्वारा आयोजित जनमत पार्टीका अध्यक्ष एवम् प्रतिनिधि सभा सदस्य डा. चन्द्रकान्त (सिके) राउतको पुतला जलाउने विरोध कार्यक्रमको फोटो, भिडिओ लिने तथा समाचार संकलन गर्ने क्रममा जनमत पार्टीका कार्यकर्ता दिलिप मण्डलले एक्कासी क्यामेरा हुत्याउँदै आक्रमण गरी चोट पुर्याएको घटना सिङ्गो प्रेस स्वतन्त्रतामाथि आक्रमण भएको हाम्रो ठहर छ ।’
पत्रकारमाथि हुने यस्ता आक्रमणका घटनाले जनताको सुसूचित हुने अधिकारको हनन भएको ठहर गर्दै दोषिमाथि कानुन बमोजिम कारबाही गर्न सम्बन्धित पक्षसँग माग गरेको विज्ञप्तीमा उल्लेख छ ।