क्रान्ति केन्द्र सम्वाददाता
समचार संकलनको क्रममा पब्लिक प्रेसका प्रकाशक पत्रकार नविन यादवमाथि भएको आक्रमणको भर्तसना गर्देै मिथिला साहित्य कला प्रतिष्ठान(मिलाफ) नेपाल राजविराज दोषीमाथि कारवाहीको माग गरेको छ । शुक्रबार मिलाफकी अध्यक्ष रमीला साहले एक विज्ञपति जारी गर्दै यस्तो माग गरेकी हुन् ।
मधेशी भाषामा सांसद सीके राउतले सपथ लिएकोले मिथिला साहित्य कला प्रतिष्ठान र मैथिली साहित्य परिषदले संयुक्त रुपमा बिहिबार राजविराजमा सीके राउतको पुत्ला दहन गरेको थियो । बिरोध प्रदर्शनको क्रममा दिलीप मंडल नामको युवाले प्रर्दशनकारी मिलाफ सचिव विद्यानन्द बेदर्दीमाथि हातपात गरिरहेको बेला पत्रकार यादवल त्यस घटनाको भिडियो लिन खोज्दा मण्डलले यादवलाई मुक्का हानेको विज्ञप्तीमा उल्लेख छ ।
यस्तो घटना निन्दनीय रहेको ठहर गर्दै मिलाफले सम्बन्धित निकायसँग दोषीमाथि कारबाहीको माग गरेको छ ।