एजेन्सी ।
चीनसँग जारी द्वन्द्वका बीच भारतीय सशस्त्र सेनाले ‘प्रलय ब्यालिस्टिक’ मिसाइल परीक्षण गर्न लागेको छ । यो मिसाइलले १५० देखि ५०० किलोमिटर दुरी सम्मको लक्ष्य हाँसिल गर्न सक्छ ।
रक्षा स्रोतहरूले एएनआईलाई भने ‘मिसाइलका लागि भारतीय रक्षा बलले पठाएको प्रस्ताव अब अन्तिम चरणमा छ । यसै साता बस्ने उच्चस्तरीय बैठकले यसलाई अनुमोदन गर्ने सम्भावना रहेको छ ।’
प्रलय मिसाइल गत वर्षको डिसेम्बरमा लगातार दुई दुई पटक सफलता पूर्वक परीक्षण गरिएको थियो र त्यस प्रश्चात सेनाले यसलाई प्राप्ति र समावेशीकरणको काम गरिरहेको छ । प्रलय मिसाइल १५० देखि ५०० किलोमीटरको दुरीको लक्ष्य हाँसिल गर्नुको साथ साथै, एक ठोस प्रोपेलेन्ट रकेट मोटर लागेको छ । मिसाइलको मार्गदर्शन प्रणालीमा अत्याधुनिक नेभिगेसन र एकीकृत एभियोनिक्स छ ।
स्रोतले “प्रलय” जस्ता क्षेप्यास्त्रहरूले हाम्रा सैनिकहरूलाई शत्रुको वायु रक्षा साइटहरू वा अन्य समान उच्च–उचाई साइटहरूलाई पूर्ण रूपमा नष्ट गर्ने ठूलो क्षमता दिन्छ । ब्रह्मोस सुपरसोनिक क्रुज मिसाइल रक्षा बलको सबैभन्दा लामो दूरीको रणनीतिक हतियार प्रणाली हुनेछ । लामो दूरीको रणनीतिक हतियारहरू रणनीतिक बल कमाण्डद्वारा नियन्त्रण गरिन्छ ।
रक्षा मन्त्रालाय स्रोतले भने ‘प्रस्ताव आफैमा निकै महत्वपूर्ण छ । वास्तवमा भारतीय सेनाले रकेट फोर्स निर्माणको काम गरिरहेको छ र रक्षा मन्त्रालयमा उच्च तहमा छलफल चलि रहेको छ । नौसेना प्रमुखहरूले रकेट फोर्स बनाउने काम गरिरहेको छ ।’