क्रान्ति केन्द्र सम्वाददाता
सप्तरीको राजविराज- रुपनी सडकखण्डमा टिपरको ठक्करबाट एकजना बालीकाको मृत्यु भएको छ ।
बिहान स्कुल जाने क्रममा ना १ क ८५४२ नम्बरको टिपरले ठक्कर दिँदा रुपनी गाउँपालिका -०१ की १२ बर्षीय रीता यादवको मृत्यु भएको ईलाका प्रहरी कार्यालय रुपनीले जानकारी दिए ।
घटनापछि टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । टिपर चालकले ठक्कर लाग्दा लडेकी रितालाई टिपर ब्याक गरेर च्यापेर हत्या गरेको भन्दै विद्यार्थी तथा स्थानीय आक्रोशीत भएका थिए । आक्रोशीत भीडले चालक नियन्त्रणमा रहेको ईलाका प्रहरी कार्यालय रुपनीमाथि ढुंगामुढा प्रहार गरेका थिए । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ८ राउण्ड अश्रुग्यास र १० राउण्ड हवाई फायर गरेका थिए । आक्रोशीत भीडले केहीबेर सम्म रुपनी निर पुर्व पश्चिम राजमार्ग तथा राजविराज-रुपनी सडकखण्डमा चक्काजाम गरेका थिए । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक नरेश कुमार सिंहको नेतृत्वमा ठुलो संख्यामा घटना स्थलमा प्रहरी परिचालन गरिएको थियो ।
आन्दोलनकारी र प्रशासन बीच बुधबार घटना सम्बन्धीत सबै पक्ष बिच बार्ता हुने सहमति भएपछि अवरुद्ध सडक खोलिएको रुपनी गाउँपालिका अध्यक्ष दिनेश यादवले बताए ।