क्रान्ति केन्द्र सम्वाददाता
पुस ४ गते सोमबार सुन र चाँदीको भाउ स्थिर रहेको छ । आज आइतबारकै भाउमा कारोबार भइरहेको छ । यस दिन छापावाल सुन प्रतितोला एक लाख ५०० रुपैयाँ कायम रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुन प्रतितोला एक लाख रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुनको भाउ तोलामा ६०० रुपैयाँले महंगिएको थियो।
साताको दोश्रो दिन चाँदीको मूल्य पनि स्थिर रहेको छ । आज चाँदी प्रतितोला एक हजार ३८० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । अघिल्लो कारोबार दिन चाँदी प्रतितोला १० रुपैयाँले वृद्धि भएको थियो ।