क्रान्ति केन्द्र सम्वाददाता
सरकारले ल्याएको अध्यादेश अमिलम्ब प्रमाणीकरको माग गर्दै थारु संघसंस्थाहरुद्वारा सप्तरीको जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिइएको छ ।
बिहिबार थारु कल्याणकारी सभा सप्तरी, थरुहट/ थरुवान संयुक्त संघर्ष समिति , थारु विद्यार्थी समाज , थारु महिला सभा एवम सम्पुर्ण थारु संघसंस्थाहरुको संयुक्त आयोजनामा सप्तरीको सदरमुकाम राजविराजमा रैली निकाली जिल्ला प्रशासन कार्यालय अगाडि धर्नामा बसेका थिए ।
टिकापुर घटनामा पक्राउ परेका रेशम चौधरी लगायतका व्यक्तिहरु निर्दोष रहेको उनीहरुको ठहर छ । उनीहरूको न्यायको लागी सरकारले ल्याएको अध्यादेशको समर्थनमा उनीहरूले धर्ना दिएका छन् ।
‘ टिकापुर घटनामा रेशम चौधरी लगायतका व्यक्तिहरुको दोष नभएपनि जेलमा जिवन बिताइरहनु परेको छ,’ विनोद चौधरीले भने ‘उनीहरुलाई न्यायकोको लागी ल्याएको अध्यादेश अमिलम्ब प्रमाणीकरणको लागी अध्यादेशको समर्थनमा धर्नामा बसेका छौं । ‘
‘रेशम चौधरी लगायतकालाई निशर्त रीहा गर्नुपर्छ , ‘ धर्नामा सहभागी सरिता चौधरीले भनीन् ‘थारुलाई हेपेर दमन गरिएकोप्रति यो हाम्रो विरोध प्रदर्शन पनि हो ।’
थारु कल्याणकारीको केन्द्रीय सदस्य सावित्री चौधरीले जनताले रेशम चौधरीलाई जनआदेश दिएपनि जेलमा राखेको प्रति आपत्ति जनाएकी छिन् । उनले सरकारले ल्याएको अध्यादेश अमिलम्ब प्रमाणीकरण तथा निर्दोष कैदीलाई रीहा गर्न माग गरेकी छिन् ।