क्रान्ति केन्द्र सम्वाददाता
मिडिया काउन्सिल मधेश प्रदेशका अध्यक्ष शिवहरी प्रसाद भट्टराईको १३औं दिनको पुण्यतिथिमा नेपाल पत्रकार महासंघ शाखा सप्तरीद्वारा श्रद्धाञ्जली कार्यक्रम गरिएको छ । आज (बिहिबार) पत्रकार महासंघ सप्तरीको हलमा आयोजित कार्यक्रममा पत्रकारिता क्षेत्रमा रहेको भट्टराईको योगदानको बारेमा चर्चा गर्दै उनको तस्वीरमा फुल अर्पण गरी श्रद्धाञ्जली व्यक्त गरिएको छ ।
पत्रकार महासंघ शाखा सप्तरीका संस्थापक अध्यक्ष तथा पत्रकार महासंघका पुर्व उपाध्यक्ष समेत रहेका भट्टराईको पत्रकारिता जिवनलाई प्रेरणा मानेर उनले हेराएको बाटोमा जिल्लाका पत्रकारहरु अगाडि बढे उहाँप्रति साँचो श्रद्धाञ्जली हुने कार्यक्रममा वक्ताहरुले भनेका छन् । कार्यक्रममा आमसञ्चार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष श्याम सुन्दर यादव, मिडिया काउन्सिल मधेश प्रदेशका सदस्यहरु रिंकु मिश्र , बन्दना झा , नेपाल पत्रकार महासंघका पुर्व केन्द्रीय सदस्य अवधेश झा, पत्रकार महासंघ सर्लाही शाखाका अध्यक्ष टंक क्षेत्री, सप्तरी शाखाका पुर्व अध्यक्षहरु बिष्णु मंडल, मुरली प्रसाद यादव, बैद्यनाथ झा , जितेन्द्र खडका वर्तमान अध्यक्ष श्रवण देव उपाध्यक्ष बैद्यनाथ यादव, सदस्य विद्यानन्द राम, दिनानाथ यादव, परिस कर्ण, कृष्णा मंडल तथा बिभिन्न संचार माध्यमसँग आवद्ध भई जिल्लामा सक्रिय पत्रकारिता गरीरहेका पत्रकारहरुको उपस्थिति रहेको थियो । कार्यक्रम संचालन महासंघ सप्तरी शाखाका सचिव राम नारायण विश्वासले गरेका थिए ।
नेपाल पत्रकार महासंघ सर्लाही शाखाको साधारणसभामा सहभागी हुन लालबन्दी पुगेका भट्टराई मंसिर १७ गते शनिबार लालबन्दी -१३ पत्थरकोटास्थित होलिडे रिसोर्टमा मृत अवस्थामा फेला परेका थिए ।