क्रान्ति केन्द्र सम्वाददाता
गाउँपालिका राष्ट्रिय महासंघ नेपालको तेश्रो महाअधिवेशनबाट सप्तरीका छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यान्नद चौधरी केन्द्रीय कार्यकारणी समितिको सदस्य पदमा निर्विरोध निर्वाचित भएका छन् ।
मंगलबार काठमाण्डौको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न महाअधिवेशनबाट ३६ सदस्ययी समिति चयन भएको छ । अधिवेशनमा देशै भरिका ४६० वटा गाउँपालिकाबाट अध्यक्ष र उपाध्यक्षहरु सहभागी थिए ।















