श्रवण वत्स
सप्तरीको राजविराज भन्सार कार्यालयमा लामो समय देखि लिलामी नहुँदा करोडौं मुल्य बराबरको सवारी साधनहरु कवाडी बन्दै गइरहेको छ ।
विगत १० बर्ष देखी लिलामी नभएकाले कति गाडीहरु कवाडीमा परिणत भएको छ । ट्रक, स्कारपिओ, कार, ट्याक्टर, भ्यान, अटो रिक्सा, मोटरसाइकल सहितका करोडौं मुल्य बराबरको सवारी साधनहरु जिर्ण अवस्थामा पुगीसकेको छ ।
भन्सार कार्यालयले २०६८ सालदेखि विभिन्न मुद्दामा जफत गरि राखिएका सवारी साधनहरु लिलामी गर्न सकेकाे छैन् ।
भन्सार कार्यालयले लिलामी गर्न नसक्दा ट्रक, कार, स्काारपिओ, ट्याक्टर, भ्यान, अटो रिक्सा, मोटरसाइकल सहितका सवारी साधनहरु थोत्रिने अवस्थामा पुगेको देखिन्छ भने कतिपयको पार्टपूर्जासमेत थोत्रा भएर कामै नलाग्ने अवस्थामा पुगेको छ ।
लिलामी नहुँदा दिनानुदिन अवस्था बिग्रेर करोडौं मुल्य बराबरको सरकारको राजस्व समेत गुम्ने खतरा रहेको स्थानीय जनाकारको ठहर छ ।
‘भन्सार कार्यालयले लिलामी प्रक्रिया समयमै गरेको भए सरकारलाई बढी आम्दनी हुन्थ्यो।’ स्थानीय भन्छन् ‘तर अहिले धरै जसो सवारी–साधनहरुको उचित मुल्य भेट्नु त टाढाको कुरा हो, कोही किन्दैन् पनि ।’
भन्सार कार्यालय परिसरमा करिब ४ सय भन्दा बढी मोटरसाइकल र दुई दर्जन भन्दा बढी चार पाङग्रा सवारी साधन , थुप्रै सिटी रिक्शा , टेम्पु , ट्रक जस्ता सचारी साधन थुपारिएर राखिएको छ ।
‘सरकारकै तलव भत्ता खाएर सरकारी सम्पत्तिको सत्यानास गर्ने कार्यमा कर्मचारीहरु लागेको देखिन्छ” एकजना स्थानीयले भने “यतिदिन देखी निलामी गर्न नसक्नुले कर्मचारीकै कमजोरी देखिन्छ ।”
करोडौ भन्दा बढी मुल्य बराबरको सवारी कवाडी बन्दै गएको प्रति सरकार र कर्मचारी कसैले गम्भीरतापूर्वक नलिइरहेको भन्दै एकजना स्थानीयले दु:ख व्यक्त गरे । उनले यस्तो रवैया भएको मुलुक कहाँ जाला भनेर भने । उनले सम्बन्धित निकायसँग यस विषयलाई चासोको साथ हेर्न आग्रह गरे ।
यस विषयमा बुझ्न कार्यालयमा फोन सम्पर्क गर्दा जानकारी दिन आलटाल गर्दै कार्यालय संचालनको समयमा कार्यालयमा आउन भने ।