Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

सप्तरीमा बाल अधिकार शिविर तथा तालिम 

सप्तरीमा बाल अधिकार शिविर तथा तालिम 

 

क्रान्ति केन्द्र सम्वाददाता

 

सप्तरीको शम्भुनाथ नगरपालिकामा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयको आयोजना र सोही  नगरपालिकाको समन्वयमा आयोजित बाल अधिकार शिविर तथा बाल अधिकार समूहको क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सभाका पूर्व उपाध्यक्ष रामप्रित पासवानले जन्मदेखि नै सुरु हुने सिकाइ प्रक्रिया जिवन्त रहुञ्जेल निरन्तर भइरहने बताए । इन्सेकले प्रदान गरेको दुई दिने क्षमता अभिवृद्धि तालिमले उल्लेख्य र अतिआवश्यक मानव अधिकार र बाल अधिकारका विषय वस्तुहरुलाई स्पष्ट पार्न सहयोग पुर्याएको उनले बताए ।

शम्भुनाथ नगरपालिकाका नगर प्रमुख जितेन्द्र गुप्ताले तालिमबाट बालबालिकाहरुको मानसिक र सामाजिक विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । बालबालिकाहरुले आफ्नो परिवार र समुदायमा बाल अधिकार र मानव अधिकार शिक्षालाई व्यापक रुपमा आगाडि बढाउन सके मात्रै बालमैत्री र मानव अधिकारमैत्री समाजको स्थापना गर्न सकिने नगर प्रमुख गुप्ताले बताए । उनले यस कार्यका लागि इन्सेक र नगरपालिका सँगसँगै रहेर कार्य गर्ने प्रतिबद्धता समेत गरे ।

शम्भुनाथ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दिलिप कुमार साहले बालबालिकाको क्षेत्रमा शम्भुनाथ नगरपालिकाले गम्भीरतापूर्वक नीति र कार्ययोजना निर्माण गर्न आवश्यक रहेकोले इन्सेकले कार्यक्रममार्फत नगरपालिकालाई सचेत र सजग बनाएको बताए ।

इन्सेक मधेस प्रदेश संयोजक राजु पासवानले इन्सेकले बालबालिकाको क्षमता अभिवृद्धि गर्दै बालमैत्री परिवार, समाज र राष्ट्र निर्माणमा विगत लामो समयदेखि योगदान पुर्याउँदै आएको बताए । आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता गर्नुहुँदै पासवानले तालिमको उद्देश्य, बाल अधिकार समूहको काम, कर्तव्य र अधिकार, बाल भित्ते पत्रिका प्रकाशन विधि साथै बाल अधिकारसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनका विषयमा सहजिकरण गरेको बताए ।

इन्सेक सप्तरी प्रतिनिधि मनोहर कुमार पोखरेलले स्थानीय सरकारसँग बाल क्लबको संलग्नताबारे जानकारी दिँदै बाल अधिकारका चार स्तम्भअन्तर्गत बालबचाउ, बाल संरक्षण, बाल विकास र बाल सहभागिताका विषयमा सहजिकरण गरेका थिए ।

शम्भुनाथ नगरपालिकाका शिक्षा शाखा प्रमुख विदुर विक्रम थापाले संविधान र कानुनमा बालबालिका सम्बन्धी हक तथा पालिकाले बालबालिकाका क्षेत्रमा गर्ने कार्यका सन्दर्भमा प्रस्तुतीकरण गरेका थिए ।

शम्भुनाथ नगरपालिकाका महिला, बालबालिका, तथा जेष्ठ नागरिक शाखा प्रमुख रुलो देवी चौधरीले पालिकामा बालबालिकाको बजेट अवस्था र बाल क्लव परिचालन विषयमा सहजिकरण गरेका थिए ।

इन्सेक मधेस प्रदेश कार्यालयका कार्यक्रम फोकल पर्सन बरुण बस्यालले सामाजिक समस्या र त्यसको समाधानमा बालबालिकाको भूमिका, बाल अधिकार समूहको कार्य योजना, बाल अधिकार समूह र स्थानीय सरकारको नीति तथा कार्यक्रममा बाल अधिकारका सवालहरुका सन्दर्भमा सहिजकरण गरेका थिए ।

रामदयाल माविका प्रधानाध्यापक उमेश प्रसाद भगत र श्री जनता मावि, रामपुर जमुवाका प्रधानाध्यापक विजय चौधरीले इन्सेकले बाल अधिकार समूहलाई लक्षित गरी आयोजना गरेको क्षमता अभिवृद्धि कार्यक्रमलाई विस्तार गरी प्रत्येक वडाका बालबालिका र उनीहरुका अभिभावकहरुलाई समेत लाभ पुग्ने गरी कार्यक्रमलाई सामुदायिकीकरण गरिनु पर्नेमा जोड दिए ।

तालिममा रामदयाल मावि सखुवा कचन्दाहामा गठित भविष्य उच्वल बाल अधिकार समूह र श्री जनता मावि रामपुर जमुवामा गठित लालि गुराँस बाल अधिकार समूहका २५/२५ जना गरी ५० जना बालबालिका र दुबै विद्यालयका एक/एक जना संरक्षक शिक्षकको सहभागिता रहेको थियो । साथै कार्यक्रमको उद्घाटन र समापन सत्रमा शम्भुनाथ नगरपालिकामा गठित मानव अधिकार समूहका अध्यक्ष, सदस्य र स्थानीय वुद्धिजिवीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमको सञ्चालन र व्यवस्थापन इन्सेक सप्तरी सहजकर्ता विशेन्द्र पासवानले गरेका थिए ।

 

 

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

पत्रकारलाई एआइ सम्बन्धी तालिम

पत्रकारलाई एआइ सम्बन्धी तालिम

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

Natraj Technology advertisement

ताजा समाचार

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

पत्रकारलाई एआइ सम्बन्धी तालिम

पत्रकारलाई एआइ सम्बन्धी तालिम

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology


Logo
No Result
View All Result
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology