क्रान्ति केन्द्र सम्वाददाता
नवनिर्वाचित प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेस नेता
शेखर कोइरालाले सत्ता गठबन्धनकै सरकार बन्ने दावी गरेका छन् । कांग्रेस नेता गुरूराज घिमिरेले लेखेका बाटो बिराएको राजनीति पुस्तकको मंगलबार विमोचनपछि उनले यस्तो भनेका हुन् । “सत्ता गठबन्धनकै सरकार बन्छ तर त्यसले जनताले खोजेजस्तो काम गर्छ वा गर्दैन भन्ने प्रश्न रहेको छ।” उनले भने “कांग्रेसको साख गिर्न नदिन मुलुकमा सुशासन दिनका साथै भ्रष्टाचार र दण्डहीनताको अन्त्य गरेरै छाड्ने छौँ ।”
उनले पार्टीलाई एकढिक्का बनाएर अघि बढ्ने आफ्नो भनाई सार्वजनिक गरेका छन् । उनले विभाजन पछि अवसरवादीले ठाउँ पाउने भएकाले पार्टीलाई एकढिक्का बनाउने बताएका छन् ।