क्रान्ति केन्द्र सम्वाददाता
मिडिया काउन्सिल मधेश प्रदेशका अध्यक्ष तथा बरिष्ठ पत्रकार शिवहरी भट्टराईको निधन भएको छ । भट्टराई नेपाल पत्रकार महासंघ सर्लाही शाखाको साधारणसभामा सहभागी हुन लालबन्दी पुगेका थिए । लालबन्दी -१३ पत्थरकोटास्थित होलिडे रिसोर्टमा बसेका भट्टराई शनिबार मृत अवस्थामा फेला परेका छन् । उनी राति खान खाएर सुत्न गएका थिए । साधारण सभा सुरु भएपछि उनलाई आज(शनिबार) बिहान खोज्दा उनी कोठामा मृत अवस्थामा भेटिएका हुन् ।
भट्टराई नेपाल पत्रकार महासंघ सप्तरी शाखाका संस्थापक अध्यक्ष समेत हुन् । घटनाकाे बारेमा अनुसन्धान भइरहेकाे सर्लाही प्रहरीले जनाएकाे छ।