क्रान्ति केन्द्र सम्वाददाता
नेपाल नगरपालिका कर्मचारी एशोसियसन ईकाई समिति, राजविराज नगरपालिकाले सोही नगरपालिकाकी कार्यवाहक नगर प्रमुख ईसरत परविनको शब्द प्रति आपत्ति जनाएको छ । बिहिबार एशोसिएसन ईकाई समितिकी अध्यक्ष कल्पना देवले प्रेस विज्ञप्ति जारी गरी यस्तो आपत्ति जनाएकी हुन् ।
गत मंगलबार HTP खबर मार्फत नगर प्रमुख परविनले नगरपालिकाका कर्मचारीहरु माथी भ्रष्टाचारी दोषारोपण गरेको विषयमा इकाई समितिको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ ।
“राजविराज नगर कार्यपालिकाको कार्यालयको निति, नियम तथा निष्ठामा समर्पन भई कर्मचारीले सदैव निष्ठापुर्वक आफ्नो जिम्मेवारी बहन गर्दै आएकोमा कार्यवाहक नगर प्रमुखबाट यस्तो निन्दनीय शब्द प्रति गम्भीर आपत्ति जनाउदै यसको घोर भर्तसना गर्देै कर्मचारीहरु माथी लगाएको आरोपले कर्मचारीहरुको मानमर्दन भएको हुँदा उक्त आरोप फिर्ता लिन समेत आर्गह गर्दछौ ” विज्ञप्तिमा भनिएको छ ।