क्रान्ति केन्द्र सम्वाददाता
जनता समाजवादी पार्टी, नेपालका मधेश प्रदेश सदस्य तथा सप्तरी जिल्लाका ईन्चाज समेत रहेका कौशलेन्द्र यादवले आफ्ना पदबाट राजीनामा दिएका छन् ।
उनले बिहिबार मघेश प्रदेश समिति जनकपुरलाई राजीनामा पत्र लेखेका छन । सप्तरी निर्वाचन क्षेत्र नम्बर २ मा गत मंसिर ४ गते भएको प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यमा जसपालाई लज्जास्पद हार वेहोर्नु परेका हुनाले नैतिकताको आधारमा पदबाट राजिनामा दिएको उनको पत्रमा उल्लेख छ ।