क्रान्ति केन्द्र सम्वाददाता
सप्तरी निर्वाचन क्षेत्र नम्बर १ (ख)बाट जनमत पार्टीका सकिल मियाँ विजयी भएका छन् । उनले जनता समाजवादी पार्टी नेपालका सुदम्बर यादवलाई फराकिलो मतान्तरले हराउँदै विजयी भएका हुन् । मियाँ १६ हजार १ सय ६० मत ल्याई विजयी भएका हुन् भन्ने यादव ९ हजार ८ सय ८८ मत ल्याई दोस्रो स्थानमा रहे । यसै साथ अहिले सम्म सप्तरीबाट प्रदेश सभा तर्फका ८ मध्ये ४ सिट जनमतको नाम भएको छ । यसभन्दा अघि क्षेत्र-२को क र ख तथा ३ ख जनमतले जितिसकेका छन् ।