क्रान्ति केन्द्र सम्वाददाता
सबैले चासोको साथ हेरेको चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारी मतान्तरले विजयी भएका छन् । रविले ४९ हजार २ सय ६१ मत प्राप्त गरेर विजयी भएका हुन् ।
उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उमेश श्रेष्ठले १५ हजार ९१ र नेकपा एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६ सय ४९ मत प्राप्त गरी क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका छन् ।