क्रान्ति केन्द्र सम्वाददाता
सप्तरी निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यमस जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सिके) राउत विजय भएकाले काठमाण्डौमा रहेका मधेशी विद्यार्थीहरुले माईतीघरमा दिप प्रज्वलन गरी खुशी व्यक्त गरेका छन् ।
“यस क्षेत्रबाट एउटा पढेलेखेका , व्यक्तिको जित भएमा हामी खुशी छौ” विद्यार्थी रोशन कुमार झाले भने । डा. राउतले उठाएका मुदाहरु रोजगारी, शिक्षा र किसानको समस्याहरु माथी हामी युवा प्रेरित भएका छौं ।
“यदि सबै किसिमको पढाई आफ्नै जिल्लामा हुन लागे हामी विद्यार्थी किन यति महंगो ठाउँमा आएर पढने हो ।” उनले भने ” उनले उठाउनु भएका मुदाहरु अब चाँडैपुरा होस् भन्ने चाहना छ ।”