क्रान्ति केन्द्र सम्वाददाता
सप्तरी जिल्लाको कञ्चनरुप नगरपालिका भित्र फ्री वाईफाई सुविधा सुचारु भएको छ । बुधबार कञ्चनरुप नगरपालिकाका प्रमुख ललन प्रसाद गुप्ता र वल्र्डलिंक ईन्टरनेट बिच दुई पक्षीय सम्झौता भएको छ ।
बिहिबारबाट यस नगरपालिकाका सबै वडाहरु लगायत सरकारी कार्यालय, प्रहरी कार्यालय, स्वास्थ्य चौकी, हुलाक कार्यालय, अस्पताल, मुख्य चौक सहितको ४० वटा पब्लिक ठाउँमा फ्री वाईफाई सुविधा सुचारु हुने प्रमुख गुप्ताले बताए ।
केही वडाहरुमा वल्र्डलिंकको पहुँच नभएकाले त्यस्ता वडाहरुमा हामी यथासिघ्र उपलब्ध गराई फ्री वाईफाईको सुविधा सञ्चालन गर्दिने वल्र्डलिंकको कार्यालयले जानकारी दिए । अहिले १२ वटा वडा मध्ये ९ वटामा बिहिबारबाटै सञ्चालन गर्ने र ३ वटा वडामा केही दिन भित्रै सञ्चालन गर्ने दुईपक्षीय सम्झौतामा उल्लेख छ ।
नगरपालिका प्रमुख गुप्ताले स्कुल, कलेज र क्याम्पसहरुमा यी सुविधा नदिने निर्णय गरेको बताए । त्यस्ता ठाउँहरुमा फ्री वाईफाईको सुविधा दिए भने सबै विद्यार्थीहरु पढाई भन्दा बढी फ्री वाईफाईको दुर्पयोग गर्ने उनले भने ।