क्रान्ति केन्द्र सम्वाददाता
सप्तरी जिल्लाको कञ्चनरुप नगरपालिका वडा नम्बर १ बैरवामा राति आगो लाग्दा १० लाख भन्दा बढीको क्षति भएको छ ।
राति लगभग ८ बजे बेरुवा निवासी कारी खंगको गोठालबाट सल्केको आगोले कारी खंग र नारायण खंगको एउटा–एउटा घर जलेर नष्ट भएको छ, वडा अध्यक्ष रबान खानले जानकारी दिए । आगो प्रहरी र स्थानियको सयहयोगमा नियन्त्रमा आएको थियो ।
आगोबाट कारी खंगको घर भित्र रहेका २ ओटा गोरु, १ ओटा गाई, चामल, धान, दाल, कपडा लत्ता लगायत नगद २४ हजार समेत जलेर नष्ट भएको कञ्चनरुप नगरपाििलकाका अध्यक्ष ललन कुमार गुप्ताले जानकारी दिए । त्यस्तै नारायण खंग घर भित्र रहेका १ ओटा गाई, मोटर, मिटर कपडा लत्ता सहित जलेर नष्ट भएको हो, उनले बताए ।
आगो सल्किदा नगरपालिकाबाट दमकल पठाउँदा बाटोको कारणले घटना स्थलसम्म दमकल समेत पुग्न सकेन नगरपालिका अध्यक्ष गुप्ताले बताए । स्थानीयले बाटो अतिक्रमण गरी आफ्नो घर, दलान र करेसा बारी लगएका कारणले बाटोको धेरै त्यहाँ समस्या छ, उनले भने ।
अध्यक्ष गुप्ताले “अहिले आफ्नो व्यक्तिगत तर्फबाट चामल, दाल, खाने तेल, भुजा च्युरा, कमल सहितके सामग्री लिएर जाँदैछु । पछि नगरपालिकाबाट जे जति हुन्छ त्यो पनि दिने गर्छु ।” त्यस्तै वडा अध्यक्ष खानले पनि आफ्नो व्यक्तिगत तर्फबाट बिहान नगर ३ हजार कारी खंगलाई दिएका थिए ।















