क्रान्ति केन्द्र सम्वाददाता
राजविराजमा सप्तरी -२बाट उम्मेदवार रहेका जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवको समर्थनमा जनलहर उर्लियो देखिएको छ । बिहिबार जनता समाजवादी पार्टी (जसपा) नेपाल तथा नेपाल कम्युनीष्ट पार्टी (एमाले)ले संयुक्त रुपमा गरेको शक्ति प्रदर्शनमा यस्तो लहर देखिएको थियो । आशन्न निर्वाचनको लागि प्रचारप्रसारको अन्तिम दिनमा उनीहरूले जनसभा तथा वृहत र्याली प्रदर्शनद्वारा शक्ति प्रदर्शन गरेको छ ।
त्यसै क्षेत्रबाट प्रदेश सभा सदस्यका उम्मेदवार २(क)मा शैलेन्द्र प्रसाद साह र २(ख)मा लक्ष्मण यादव रहेका छन् । त्यसै क्षेत्रबाट जनसभा तथा र्याली मार्फत उनीहरुलाई समर्थन गर्न आएका जन भीडले राजविराज खचाखच भरिएको थियो ।
सहभागी आमजन तथा उम्मेदवारहरुले राजविराज नगरपरिक्रमा गर्दै रंगशाला मैदानमा जनसभा गरेका थिए ।
सभालााई उम्मेदवारहरु तथा जसपा र एमालेका नेताहरुके सम्बोधन गरेका थिए । उम्मेदवारहरुले आफ्ना एजेण्डा तथा पार्टीको चुनावी विचार पनि उपस्थित जनमा साझा गरेका थिए ।