क्रान्ति केन्द्र सम्वाददाता
आशन्न प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनका लागि सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
मतदानस्थल रहेका शिक्षण संस्था / विद्यालय र सरकारी कार्यालयहरूमा मंसिर २ गतेदेखि ५ गतेसम्म विदा दिने निर्णय गरिएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए ।
मंसिर ४ र ५ गते सार्वजनिक विदा दिने निर्णय भएको प्रवक्ता पोखरेलले बताए ।















