क्रान्ति केन्द्र सम्वाददाता
सप्तरी जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ का तिरहुत गाउँपालिका वडा नम्बर २, मैनाकडेरीमा वाम लोकतान्त्रिक गठबन्धनका अमोलानन्द मिश्रको संयोजकमा वडा स्तरीय चुनावी प्रसार प्रसार समिति गठन भएको छ ।
वाम गठबन्धनबाट उम्मेदावरी दिएकालाई जिताउनु पर्ने उदश्यले सो समिति गठन भएको संयोजक मिश्रले बताए ।
समितिमा नेकपा माओवादीबाट अशोक कुमार यादव, शिवचन्द्र प्रसाद यादव, नेपाली काँग्रेसबाट कुशेश्वर यादव, बलराम मिश्र, लोकतान्त्रिक समाजवादी पार्टीबाट लक्ष्मी मुखिया र शम्भू राम चयन भएको संयोजक मिश्रले जानकारी दिए ।
सो क्रममा दर्जनौ स्थानीय र वाम गठबन्धनका नेता कार्यकर्ताहरुको उपस्थित रहेका थिए ।