विपिन यादव
सप्तरीको तिलाठीकोइलाडी-०१,तिलाठी निवासी प्रभावशाली नेता ललित नारायण झा सहित विभिन्न व्यक्तिहरु जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन् । शुक्रबार तिलाठीमा आयोजित एक कार्यक्रम बिच उनीहरु पार्टीमा प्रवेश गरेका हुन् । झा यसभन्दा अघि लोसपामा थिए । लोसपा त्याग गरि जसपामा प्रवेश गरेका झालाई जसपा अध्यक्ष उपेन्द्र यादवले फुलमाला लगाई स्वागत गरेका थिए । कार्यक्रममा विगतका समयमा विभिन्न पेशामा रहेका व्यक्तिहरु समेत पार्टी प्रवेश गरेका थिए । जसमा छिन्नमस्ता निवासी अवकाश प्राप्त शिक्षक असर्फी यादव, तिलाठी निवासी दिनेशचन्द्र झा, भोला यादव, बेचन राम लगायतका व्यक्तिहरु रहेका थिए । उनीहरुलाई पनि अध्यक्ष यादवले फुलमाला अबीर लगाई स्वागत गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि रहेका जसपा अध्यक्ष तथा सप्तरी क्षेत्र नम्बर २बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार उपेन्द्र यादव, २(क)का प्रदेश सभा सदस्य उम्मेदवार शैलेन्द्र साह, जसपाका समानुपातिक उम्मेदवार रञ्जु ठाकुर, जसपाका केन्द्रीय सदस्य मृगेन्द्र सिंह यादव, प्रवक्ता मनिष सुमन,नेता शैलेन्द्र मोहन झा,स्थानीय नेता तथा अवकाश प्राप्त शिक्षक तिलाठी निवासी मोतिनारायण मिश्र, अमरनाथ झा, अखिलेश्वर झा, सुखदेव राम,भोगानन्द मिश्र लगायतकाले मन्तव्य राखेका थिए । वक्ताहरुले जसपाका उम्मेदवारलाई मतदान गर्न स्थानीयसँग आग्रह गरेका थिए । कार्यक्रममा जसपाका मधेश प्रदेश उपाध्यक्ष शम्भु झा, स्थानीयवासी समेत रहेका जसपाका नेता निरज मुक्ति, नवनित झालगायतका थुप्रै नेता कार्यकर्ता तथा स्थानीयवासीहरुको उपस्थिति रहेको थियो । कार्यक्रम सञ्चालन जसपाका स्थानीय नेता अविनाश मिश्रले गरेका थिए ।