क्रान्ति केन्द्र सम्वाददाता
जिल्ला प्रशासन कार्यालय सप्तरीले मादक पदार्थ ओसारपसार, बिक्री वितरण र सेवनमा बन्देज लगाएको छ । कार्तिक २३ गते बाट चुनावको अन्तिम परिणाम घोषणा नभए सम्मको लागि कार्यालयले मदिरा ओसारपसार, सेवन र बिक्रि वितरणमा रोक लगाएको छ । कार्यलयले बुधबार एक सुचना जारी गर्दै यस्तो जानकारी गराएको हो । यसलाई उल्लंघन गर्नेलाई कानुन बमोजिम कारबाही हुने सुचना पत्रमा जनाइएको छ ।