क्रान्ति केन्द्र सम्वाददाता
सप्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र २(क)बाट प्रदेश सभा सदस्यका उम्मेदवार शैलेन्द्र प्रसाद साह दुई तिहाई मतले पुनः विजय हुने तिलाठी कोइलाडी गाउँपालिकाकी निर्वातमान उपाध्यक्ष सुचिता यादवले दावी गरेकी छिन् । मंगलबार सोही गाउँपालिकाको २नम्बर वडा लौनियाँ वासीहरुसँग जसपाको लागि भोट माँगदै गरेकी उपाध्यक्ष यादवले क्रान्ति केन्द्रसँग यस्तो बताएकी हुन् ।
निवर्तमान उपाध्यक्ष यादवले “मधेशी जनताको अधिकारका लागि सधै अवाज जसपाले मात्रै उठाउँदै आएका हुन्” उनले भनिन । “युवाको लागि चाँडै रोजगारको पहल जसपाले गर्ने छ।”
अहिले भएका चौतर्फी विकास जसपाले नै गरेको भन्दै अधुरो काम पुरा गर्न पुनः जसपालाई विजय बनाउन उनले स्थानीयसँग आग्रह गरीन् ।
उनले सो क्रममा स्थानीय महिलाहरुसँग विभिन्न विषय वस्तुहरुमा विचार विर्मश समेत गरेकी थिईन ।