श्रवण वत्स
राष्ट्रिय एकता अभियानकी उपाध्यक्ष सुनिता साहले मधेश प्रदेशका पूर्व प्रमुख डा. राजेश अहिराज र नेता खेलानन्द दासलाई सम्मान गरेकी छिन् ।
सप्तरी जिल्लाको सदरमुकाम राजविराजको मुटु भन्नेर चिन्ने गजेन्द्र चौकमा रहेका मधेशका प्रणेता स्व. गजेन्द्र नारायण सिंहको सालिक र सालिक प्राङ्गणलाई सधै सर–सफाई गर्दै आएका कारण खेलानन्द दासलाई सम्मान गरेको उपाध्यक्ष साहले बताईन् ।
दास मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा सप्तरी जिल्लाको निर्वाचन क्षेत्र नं. २(ख) बाट प्रदेशसभा सदस्यका लागि उम्मेदवारी समेत दिएका छन ।
सम्मानको क्रममा उपाध्यक्ष साहले “यस्ता किसिमका समाजसेवी युवालाई हामी निरन्तर सम्मान गर्नेछौं” भनिन् । उनले गरेको कामलाई हामी सम्मान गरेको उनको भनाई छ। उनी सधैँ सर–सफाईमा ध्यान दिएको र युवाहरुको मनोबल बढाउँदै आएको साहको भनाई छ । उनलाई मधेश प्रदेशका पूर्व प्रमुख डा. अहिराजले गम्छा, टिका र फुलमाला लगाई सम्मान गरेका थिए ।
डा. अहिराजलाई उपाध्यक्ष साहले गम्छा, टिका र पूलमाला लगाई सम्मान गरेकी थिईन । सो क्रममा दर्जनों युवाहरुको सहभागि रहेका थिए